पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए, नेपालसँग ६ विकेटले पराजित 

विर्तामोड, १२ चैत ।

आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा चार विकेट गुमाएर भेटाएको हो ।
नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । कप्तान रोहित पौडेलले खाता पनि खोल्न सकेनन् । आयरल्याण्ड्स उल्भ्सका ग्रेथ डेल्नीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्स उल्भ्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो । उसका स्टेफिन डोहेनीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले सामान दुई विकेट लिए । कुशल मल्ल र करण केसीले सामान एक विकेट लिए ।
नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ । नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको शृङ्खलापछि नेपाल ए सँग तीन खेलको टी–ट्वेन्टी र तीन खेलको एकदिवसीय शृङ्खला खेल्ने छ । ०००००
 

प्रतिकृया दिनुहोस