संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

विर्तामोड, २५ असार ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गर्नु भएको छ । 
सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवसको सन्देशमा गुटेरेसले रोजगार सिर्जना गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र महिला, युवा र सीमान्तकृत समुदायहरूको सशक्तिकरणमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै एमएसएमईहरू विश्वभरका अर्थतन्त्रहरूको केन्द्रबिन्दु भएको बताउनुभयो ।  
यस वर्षको विषयवस्तु गरिबी उन्मूलन र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न यी उद्यमहरूको भूमिकामा केन्द्रित भएको जनाउदै उहाँले सङ्कटको समयमा एमएसएमईले उल्लेखनीय लचिलोपन प्रदर्शन गरेको बताउनु भएको छ ।
एमएसएमईले वित्त, प्रविधि, बजार र आपूर्ति श्रृङ्खलामा सीमित पहुँचको सामना गर्नु परेको उल्लेख गर्दै गुटेरेसले यी उद्यमहरूलाई नीति, समर्थन संरचना र लगानी चाहिने प्रकाश पार्नु भयो । जसले उनीहरूको विकास र औपचारिकतालाई बढावा दिई फलस्वरूप, समुदायहरूलाई समृद्ध बनाउन, कमजोरको उत्थान गर्न मद्दत गर्दछ ।
सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवस मनाउँदा संस्थाको समर्थन बलियो बनाउने, दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई गति दिने र कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धता उहाँले दोहोर्याउनु भयो । 
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० प्रतिशत व्यवसाय ६०–७०  प्रतिशत रोजगारी र कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हिस्सा एमएसएमईले ओगटेको छ ।
अप्रिल २०१७ मा, राष्ट्रसङ्घीय महासभाले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यको उपलब्धिमा एमएसएमईको योगदानको बारेमा चेतना जगाउन जुन –२७ लाई सूक्ष्म, साना र मध्यम आकारको उद्यम दिवसको रूपमा तोकिएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस