राष्ट्रिय योजना आयोगमा प्रा.डा. शिवराज अधिकारी नियुत्त 

बिर्तामोड, १० साउन ।
मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताउनुभयो । अरु ६ जना सदस्य पनि नियुक्त भएको उहाँले जानकारी दिनुभयो ।
उपाध्यक्ष नियुक्त हुनुभएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुनुहुन्छ । उहाँ चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त हुनुभएको थियो ।
उहाँले डा. डिल्लीरज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गर्नुभएको थियो । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसक्नुभएका उहाँले पहिलो पटक योजना आयोगमा उपाध्यक्षको नियुक्ति पाउनुभएको हो ।  ०००००००००
 

प्रतिकृया दिनुहोस