रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने
विर्तामोड, २१ असोज ।
रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
१२ जना यात्रुको मनोरञ्जनका लागि डिजाइन भएको यो जहाज हाइड्रोजन इन्धनबाट सञ्चालित इलेक्ट्रोकेमिकल जेनेरेटरले सुसज्जित रहेको क्रिलोभ स्टेट रिसर्च सेन्टर (केएसआरसी) का महानिर्देशक ओलेग साभचेन्कोले बताउनुभएको छ ।
रुसी नौसेनाका लागि जहाज डिजाइन, सामग्री र प्रविधिहरूको अग्रणी विकासकर्ता केएसआरसीले यस परियोजनाको नेतृत्व गरिरहेको छ । हाइड्रोजन इन्धनबाट अहिले सानो जहाज चलाउने र यसको परीक्षण सफल भएमा ठूलो जहाज पनि निर्माण गर्ने रुसको योजना छ । ०००००
प्रतिकृया दिनुहोस