रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन सुरु

विर्तामोड, ५ कात्तिक ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो ।
कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । जोशीलाई भने आज जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ ।
सूर्यदर्शन सहकारीसँगै बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रुपन्देहीमा बयान पूरा भएपछि पर्सि बुधवार पोखरा फर्काइने प्रहरीले जनाएको छ । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले सभापति लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरा लगायतका ठाउँमा प्रदर्शन गरेका छन् । ०००००

प्रतिकृया दिनुहोस