एमालेले काठमाण्डौ महानगरको जरीवाना पत्र बुझ्न मानेन, मेयर शाहले स्टन्टबाजी गरेको आरोप

विर्तामोड, ९ मङ्सिर ।
सत्तारूढ दल नेकपा एमालेले काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।
गएको शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाण्डौ, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरीवाना पत्र लेखेको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले चिठी बेठीक ठाउँमा आएको बताउनुभयो । उहाँले काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन आग्रह गर्नुभयो ।
सचिव अधिकारीले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस