रवि लामिछानेको आजको बयान सकियो

काठमाडौँ, १४ मङ्सिर ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चार घन्टा बयान लिएको छ ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बियान लिएको हो । अब आइतवार थप बयान लिने कार्यालयले जनाएको छ ।
लामिछानेसँग जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले विहीबार काठमाण्डौ ल्याएको हो । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसूरमा प्रहरीले गएको कात्तिक २ गते पक्राउ गरेको थियो ।
बयान चलिरहँदा रास्वपाका नेता कार्यकर्ताले लामिछानेको बचाउमा सरकारी वकिल कार्यालय नजिकै माइतीघरमा प्रदर्शन गरेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस