विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन सभामुखको आग्रह
विर्तामोड, ११ पुस ।
सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ ।
आज सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरुसँग यस्तो आग्रह गर्नुभएको हो ।
सभामुख घिमिरेले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिनुभयो । उहाँले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा. चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताउनुभयो ।
त्यस्तै नेपाल–संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल–अस्टे«लिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल–जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का, नेपाल–चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।
सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ०००००००
प्रतिकृया दिनुहोस