विपद् जोखिम न्युनिकरणका संरचनालाई बलियो बनाउन जरुरी
विर्तामोड, ११ पुस ।
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि विपद् जोखिम न्युनिकरणका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ । काठमाण्डौमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले संघदेखि पालिकासम्मका विपद् जोखिम न्युनिकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउँदै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री लेखकले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । मन्त्री लेखकले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस