बालाचतुर्शीमा प्रसिद्ध झापाको प्रसिद्ध तीर्थ स्थल सताक्षीधाममा भक्तजनको घुइचो

विर्तामोड, १५ मंसिर । 
पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छरेका छन् । 
शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ । 
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ ।
सताक्षीधाममा प्रमुख आकर्षणको केन्द्रका रुपमा नव निर्मित ५१ फिटको सवा करोड रुद्राक्षजडित पार्थिव शिवलिङ्ग रहेको छ ।
विहानदेखिनै उक्त शिवलिङ्गको दर्शन गर्ने भक्तजनहरुको भीड देखिएको थियो । यहाँ रहेको झरना, विरेनुन पानी, दिगेम्वेश्वर मन्दिर, सताक्षी देवीको मन्दिर, नवनिर्मित ८७ धारा लगायतका स्थानहरुमा भक्तजनहरुले दर्शन गरेका छन् ।
बालाचतुदर्शीमा सताक्षीधाम र गोलोक क्षेत्रमा झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर  धनकुटा, तेह्रथुम, लगायतका जिल्लाहरुबाट दिनुभयो । 
सताक्षीधाममा गोरक्षा महोत्सव सुरु भएको छ ।  सोमबार ५१ फुटको रुद्राक्षबाट जडित पार्थिव शिवलिङ्गको चताराधामका पिठाधिपति बालसन्त देवचार्यले अनावरण गर्ने कार्यक्रम रहेको शताक्षी गोलोक गोवर्धन गौशालाले जनाएको छ । उक्त दिन शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको छ । गोरक्षा महोत्सव मंसिर २४ गतेसम्म सञ्चालन हुने छ ।  ०००००००००

 

प्रतिकृया दिनुहोस