धरौटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा पक्राउ 

बिर्तामोड, २७ मंसिर ।
साइबर अपराध कसूरको मुद्दामा धरौटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्काे मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौ परिसरबाटै पक्राउ गरेको हो ।
यसअघि अजै जिल्ला अदालत काठमाण्डौले साइबर अपराध कसूरको मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् ।
प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।  ०००००००००
 

प्रतिकृया दिनुहोस