मेची सहकारीको विर्तामोडमा नयाँ सदस्य शिक्षा

विर्तामोड, ४ माघ ।
मेची बहुउद्देश्यीय सहकारी संस्थाले विर्तामोडमा नयाँ सदस्यलाई सदस्य शिक्षा प्रदान गरेको छ । 
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची सहकारीले झापा, इलाम र मोरङका १२ वटा सेवाकेन्द्रबाट १७ हजार एक सय २० जना सदस्यलाई सेवा प्रदान गरिरहेको छ । आज विर्तामोड सेवाकेन्द्र अन्तर्गत बनेका नयाँ सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको हो ।
२०५४ सालमा स्थापना भएको मेची सहकारीको ३८ करोड ८१ लाख शेयर जुँजी, ३ अर्ब ४५ करोड ९५ लाख बचत र ३ अर्ब ४५ करोड ७० लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।
२०७८ बैशाख २ गतेदेखि सुरु भएको विर्तामोड सेवाकेन्द्रमा २ हजार २ सय ५३ जना सदस्य, एक करोड ९५ लाख शेयर पुँजी, १४ करोड ९७ लाख बचत र १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी रहेको छ । संस्थाले ३० प्रकारका सेवा सुविधा सदस्यलाई प्रदान गरिरहेको संस्थाका सह व्यवस्थापक चन्द्र थापाले जानकारी दिनुभयो ।
विर्तामोड सेवाकेन्द्र संयोजक उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा मेची बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल, शिक्षा समिति संयोजक लक्ष्मीप्रसाद दाहाल, शिक्षा समिति सदस्य गायत्रा रेग्मी लगायतले सदस्यलाई संस्थाको विगत, वर्तमान र भविश्यको योजनाबारे जानकारी गराउनुभयो । ०००००

प्रतिकृया दिनुहोस