अमेरिकी राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ सिनेटर स्यान्डर्सको घोषणा 

विर्तामोड, ३१ चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करनीतिले अमेरिका लगायत विश्वको अर्थतन्त्रलाई तहसनहस पार्न लागेको भन्दै राष्ट्रपति ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ ८३ वर्षीय अमेरिकी सिनेटर वर्नी स्यान्डर्सले बताउनुभएको छ । 
ट्रम्पका सबैभन्दा मुखर विरोधीका रूपमा बर्नी स्यान्डर्सले ट्रम्पको विरोधमा दशौं हजार मानिसलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी अब अमेरिकी ‘कुलीनतन्त्रविरुद्ध लड्नुको’ विकल्प छैन ।” 
स्यान्डर्स र डेमोक्र्याट प्रतिनिधि अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेजको भाषणअघि लस एन्जलसस्थित ग्लोरिया मोलिना ग्रान्ड पार्कमा राजनीतिज्ञ, सङ्घका प्रतिनिधि र साङ्गीतिक कार्यक्रमसहित अतिथिहरू मञ्चमा उपस्थित देखिएका थिए ।
स्यान्डर्सले उत्साहित भीडलाई भन्नुभयो, “हजारौँको सङ्ख्यामा यहाँ भएको तपाईंको उपस्थितिले डोनाल्ड ट्रम्प र एलन मस्कलाई धेरै चिन्तित बनाइरहेको छ ।”
डेमोक्र्याटिक पार्टीको सदस्य कहिल्यै नरहेका स्वघोषित समाजवादी नेताले विगत दुई महिनादेखि ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ आफ्नो राष्ट्रव्यापी यात्रामा भीडलाई आकर्षित गर्दै आउनुभएको छ ।  
उहाँको प्रगतिशील, बामपन्थी बयानबाजी ट्रम्पको नीतिको विरोध गर्ने र स्थापित डेमोक्र्याटहरूको ट्रम्पविरुद्धको राजनीतिक प्रतिरोधको अभावमा निराश भएकाहरूको आवाजलाई प्रतिध्वनित गरेको छ । 
अमेरिकी ‘फल्क रक’ का नील यङले लसएन्जलसको भीडलाई साङ्गितक सम्बोधन गर्दै इलेक्ट्रिक गितार बजाएर ‘टेक अमेरिका ब्याक’को नारा लगाउनुभएको थियो । 
नारीवादी गायिका तथा गीतकार म्यागी रोजर्सले क्यालिफोर्नियाको मरुभूमिमा आयोजना हुने विशाल कोचेला सङ्गीत महोत्सवलाई सङ्केत गर्दै यस कार्यक्रमलाई ‘बर्नीचेला’ भन्नुभयो । २८ वर्षीय कला शिक्षक एलेक्स पावेलले अमेरिकीहरूलाई आशाको खाँचो रहेको बताउनुभयो । 
“म डेमोक्र्याटहरूको प्रतिक्रियाबाट वास्तवमै निराश छु, म उनीहरूको तर्फबाट थप कारबाही चाहन्छु, थप आक्रोश (प्रतिक्रिया) चाहन्छु,” उहाँले एएफपीसँग भन्नुभयो । ००००
 

प्रतिकृया दिनुहोस