“सिरीयामा मानवीय सङ्कट गहिरिंदै, सहायता अपिलमा मात्र १० प्रतिशत सहयोग”

विर्तामोड, २७ वैशाख ।

सिरीयामा नोभेम्बर महिनादेखि हालसम्म ६ लाख ७० हजार मानिस विस्थापित भएका छन् । १० लाखभन्दा बढी नागरिकहरू आफ्ना घरहरूमा पुनः फर्किएका संयुक्त राष्ट्रसङ्घ मानवतावादी निकायले जनाएको छ । 
संयुक्त राष्ट्रसङ्घको मानविय सहायतासम्बन्धी समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थ तथा अन्य खतरनाक उपकरणहरूको जोखिमबीच मानिसहरू देशभरि आवतजावत गरिरहेका छन्, जसका कारण हालसम्म पनि सिरीयामा नागरिकहरू गम्भीर रूपले घाइते र मृत भइरहेका छन् ।
सन् २०२४ को डिसेम्बर १२ गतेदेखि अहिलेसम्म तीन सय ६७ जनाको ज्यान गएको छ । र, पाँच सय ४२ जना घाइते भएका छन्, तीमध्ये एक तिहाइ बालबालिका रहेका छन् ।
राष्ट्रसङ्घले आफ्नो साझेदार संस्थाहरूको सहयोगमा विस्थापितहरूका लागि अस्थायी आवास, जीविकोपार्जनका अवसर सिर्जना, खानेपानी आपूर्ति सुधार, खाद्यान्न तथा पोषण सहयोग जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यद्यपि, आर्थिक अभावका कारण यी कार्यहरू सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ । 
हाल सिरीयामा मानवीय सङ्कटबाट प्रभावित करिब ८० लाख मानिसलाई सहायता पु¥याउने लक्ष्यसहित राष्ट्रसङ्घले दुई अर्ब डलर बराबरको सहयोगको अपिल गरेको छ, तर हालसम्म त्यसको केवल १० प्रतिशत अर्थात् करिब २० करोड डलर मात्र जुट्न सकेको छ । ००००००
 

प्रतिकृया दिनुहोस