स्वर्गीय दलबहादुर विसन्केका नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना

विर्तामोड, २९ वैशाख ।
झापाको मेचीनगर ४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रममा स्वर्गीय दलबहादुर विसन्केका नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
बिर्तामोड ९ पटुवारी टोलबस्ने राजेन्द्र सिटौलाको घरमा लामो समयदेखि बस्दै आएका विसन्केलाई आश्रमले करिब १ महिना अघि उद्धार गरेको थियो । मृगौला लगायत विभिन्न रोगबाट ग्रसित अनाथ ९३ वर्षीय विसन्केको एक हप्ता अघि मृत्यु भएको थियो ।
सिटौलाको घरमा आश्रित रहँदा वृद्दा भत्ता वापतको १ लाख रुपैयाँ आज बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको उपस्थितिमा आश्रमलाई हस्तान्तरण गरिएको हो । उपप्रमुख संग्रौला र सिटौलाले आश्रमका गंगा थापा र खगेन्द्र विश्वकर्मालाई सो रकम हस्तान्तरण गर्नु भएको हो । उक्त अक्षयकोषको व्याजबाट आएको रकमलाई आश्रमको व्यावस्थापनमा खर्च गरिने नगर उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो । आश्रममा हाल ५१ जना आश्रित रहेका छन् । सोही कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका सवारी चालक मानवहादुर तामाङले ३ बोरा भुजा सहयोग गर्नु भएको छ । ००००००
प्रतिकृया दिनुहोस