पार्टी पुनर्गठन भनेको ओली हटाउने मिसन होइन : सचिव राई

विर्तामोड, ३१ साउन ।
ओलीविरुद्धको अभियानलाई ‘खतरनाक खेल’ भन्दै कार्यकर्तालाई प्रतिकार गर्न आह्वान
विर्तामोड, ३१ साउन ।
नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी पुनर्गठनलाई केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने अभियानका रूपमा मात्र बुझ्नु गलत भएको बताउनुभएको छ ।
झापामा आयोजित पार्टी जागरण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव राईले पार्टीलाई विभिन्न क्षेत्रमा सुधार गर्न सुझाव संकलन भइरहेका बेला पुनर्गठनको नाममा ओली हटाउने अभियान चलाउन खोजिनु खतरनाक भएको बताउनुभयो ।
उहाँले अध्यक्ष ओलीलाई हटाउने भन्दै अघि बढेका पात्र र प्रवृत्तिलाई तिरस्कार गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।
सचिव राईले पार्टी पुनर्गठनको बहसलाई नेतृत्व परिवर्तनमा मात्र सीमित नगरी संगठन र पार्टीका विभिन्न पक्षमा सुधार गर्न केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
सम्बोधनका क्रममा सचिव राईले भदौ २३ र २४ गतेका घटनासमेत स्मरण गर्नुभयो । त्यसबेला अध्यक्ष तथा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भन्ने विषयमा पार्टीभित्रै अन्योल रहेको उल्लेख गर्दै उहाँले चुनावको नतिजा नआउँदै ओलीलाई हटाउने कुरा पार्टीभित्रबाटै सुन्नुपरेको बताउनुभयो । 
पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा भइरहेका गतिविधिले एमालेको आन्तरिक एकता र संगठनमा असर पार्न सक्ने भन्दै राईले कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस