सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आट्समा जित्ने पहिलो नेपाली महिला बनिन् 

विर्तामोड, ३१ साउन ।
नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आट्र्स—एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन् ।
भारतको बेङ्गलुरुमा गएराति भएको रोनिन एफसी–३ अन्तर्गतको खेलमा सुस्मिताले भारतकी शालु शर्मालाई पराजित गरेकी हुन् ।
गण्डकी प्रदेशकी सुस्मिताले आफ्नो प्रोफेसनल एमएमए करियरको डेब्यु खेलमै जीत हासिल गर्दै नेपाली महिला खेलकुदमा नयाँ उपलब्धि हासिल गरेकी हुन् ।
तेक्वान्दोबाट खेल यात्रा सुरु गरेकी सुस्मिताले किकबक्सिङ र मुवाथाईमा समेत प्रतिस्पर्धा गर्दै आएकी छिन् ।
पहिलो प्रोफेसनल एमएमए खेलमै जीत हासिल गर्दा निकै खुशी लागेको प्रतिक्रिया दिँदै सुस्मिताले यो आफ्नो यात्राको सुरुवात मात्र भएको बताएकी छिन् ।
उनले अझ धेरै उपलब्धि हासिल गर्न बाँकी रहेको भन्दै आगामी दिनमा थप मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । ०००००
 

प्रतिकृया दिनुहोस