एमाले अध्यक्ष ओलीको कार्यक्रम भोलि इलाम र पर्सि झापामा

विर्तामोड, २९ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा आउने हुनुभएको छ । नेताहरुका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटनका निम्ति झापा आउन लाग्नुभएको हो ।
यसअघि भोलि इलामको फिक्कलमा कार्यक्रम रहेको छ । ‘शनिबार १० बजे झापा आउने कार्यक्रम छ,’ कोशी प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य होमबहादुर थापाले भन्नुभयो, ‘इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रम भएकाले इलामको कार्यक्रमपछि झापा आउनुहुन्छ ।’
पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ ।
एमालेले जिल्लाजिल्लाबाट मिसन पार्टी जागरण अभियान चलाइरहेको छ । अन्य जिल्लामा महासचिव शंकर पोखरेल लगायत नेताहरुले उद्घाटन गर्नुभएको थियो ।
अध्यक्ष ओलीको गृह जिल्ला भएकाले झापामा भने उहाँलाई प्रमुख अतिथि बनाएर अभियानको उद्घाटन हुने भएको हो । ०००००
 

प्रतिकृया दिनुहोस