मेची सहकारीको ४ अर्ब ९१ करोड रुपैयाँको वासलात
दमक, २८ साउन ।
झापाको दमकस्थित मेची सहकारी संस्थाले ३२औँ साधारणसभा तथा ३०औँ वार्षिक उत्सवको अवसरमा पत्रकार सम्मेलन गरी संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा संस्थाले ४ अर्ब ९१ करोड २२ लाख २० हजार ५ सय ५२ रुपैयाँको वासलात सार्वजनिक गरेको हो । संस्थाले आफ्नो आर्थिक अवस्था, वार्षिक कारोबार, प्रगति विवरण तथा आगामी योजनाबारे सञ्चारकर्मीलाई जानकारी गराएको जनाएको छ ।
सम्मेलनमा संस्थाका पदाधिकारीहरूले सहकारीको वर्तमान अवस्था, सदस्यका लागि सञ्चालन गरिएका कार्यक्रम तथा आगामी कार्यदिशाबारे जानकारी दिनुभएको थियो । पत्रकारहरूले संस्थाको वित्तीय अवस्था र विभिन्न गतिविधिबारे जिज्ञासा राख्नुभयो ।
मेची सहकारीले ३०औँ वार्षिक उत्सवलाई संस्थाको वार्षिक प्रगति समीक्षा तथा आगामी योजना सार्वजनिक गर्ने अवसरका रूपमा लिएको जनाएको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा संस्थाको आर्थिक कारोबार, सम्पत्ति, दायित्व लगायत विभिन्न वित्तीय विवरण समेटिएको छ । ०००००










प्रतिकृया दिनुहोस