प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ, १६ असोज ।
प्रतिनिधिसभाको आजको बैठकले विभिन्न सात विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहरमैला व्यवस्थापन विधेयक समितिमा पठाउने प्रस्ताव गर्नुभयो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट मन्त्री गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पनि पेस गर्नुभयो । सभामुख डोलप्रसाद अर्यालले चालु अधिवेशनमा भएका कामकारबाहीको विवरण प्रस्तुत गर्दै बैठक समापन गर्नुभयो । ०००००









प्रतिकृया दिनुहोस