पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

बिर्तामोड, ११ असोज । 
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ पर्नुभएको छ । उहाँलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।
उहाँविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषय भने प्रहरीले अहिलेसम्म खुलाएको छैन । जबराविरुद्ध २०७८ साल फागुनमा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो । पछि महाअभियोगसम्बन्धी प्रक्रिया अघि बढेको थियो । चोलेन्द्र शम्शेर जबरा २०७५ साल पुस १८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । त्यसअघि उहाँ अधिवक्ताका रूपमा काम गर्नुभएको थियो भने २०५३ सालमा न्यायाधीश नियुक्त भई न्याय सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो ।
प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा उहाँविरुद्ध न्यायपालिकाको सञ्चालन, पदीय आचरण र विभिन्न निर्णयलाई लिएर प्रश्न उठेका थिए । कानुन व्यवसायीहरूले समेत उहाँको राजीनामा माग्दै आन्दोलन गरेका थिए । 


 

प्रतिकृया दिनुहोस