हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
नर्बे, २० असोज ।
बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनले यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले उहाँलाई खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पु¥याउनुभएको योगदानका लागि पुरस्कार दिने घोषणा गरेको हो । ८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । हालजेनको अनुसन्धान र आइसक्यूब वेधशालामा उहाँको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान तथा अध्ययनका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ ।
यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर अर्थात् करिब १२ लाख अमेरिकी डलर रहेको छ ।
नोबेल पुरस्कार घोषणा सोमबार चिकित्साशास्त्रबाट सुरु भएको हो । बिहीबार रसायनशास्त्र र साहित्य, शुक्रबार शान्ति तथा आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गर्ने कार्यक्रम छ । ०००००

.jpeg)

.jpeg)








प्रतिकृया दिनुहोस