राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य विनिता कठायत दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा मनोनीत 

काठमाडौँ, २९ असोज । 
पूर्वसांसद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य विनिता कठायत दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सदस्यमा मनोनीत हुनुभएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ को व्यवस्थाअनुसार कठायतलाई समितिको सदस्यमा मनोनयन गर्नुभएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत उहाँको मनोनयनबारे जानकारी दिनुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुँदैछ ।
कठायत अघिल्लो प्रतिनिधिसभा कार्यकालमा समानुपातिक सांसद बन्नुभएको थियो । गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लामा उम्मेदवारी दिनुभएकी उहाँ पराजित हुनुभएको थियो । उहाँ हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । ००००० 
 

प्रतिकृया दिनुहोस