विद्यालयस्तरीय फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन जाँदै
बिर्तामोड, ३० असोज ।
आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । भोलिदेखि कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। टोलीमा इभानरत्न तुलाधरसहित २० खेलाडी रहेका छन् । टोलीको प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहनुभएको छ । यसैबीच, बंगलादेशको ढाकामा आयोजना हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन दुईमा सहभागी हुन नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ । कात्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बन्दना राईको कप्तानीमा १४ खेलाडी सहभागी हुनेछन्। टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहनुभएको छ । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तान सहभागी हुनेछन् ।











प्रतिकृया दिनुहोस