विपद् प्रतिकार्यमा सेनाको सक्रियताबाट हजारौँको उद्धार
काठमाडौँ, ३१ असोज ।
नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वय र सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
सेनाका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल तथा सडक र पुल अवरुद्ध भएका चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा गर्न स्थल तथा हवाई साधनसहित हजारौँ सैनिक परिचालन गरिएको थियो ।
असोजमा बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रबाट विदेशी नागरिकसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ । त्यस्तै, जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको थियो । प्रभावित क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्रीसमेत पु¥याइएको थियो ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सडक सञ्चालनमा प्रयोग हुने मेसिनमा इन्धन पु¥याउन ड्रोनको प्रयोग गरिएको थियो । मनाङमा मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन, विद्युत् प्रसारण लाइन मर्मतमा सहयोग तथा अस्थायी पुल निर्माणमा पनि सेनाले योगदान पु¥याएको छ ।
यसैगरी, रसुवामा बाढीले क्षति पु¥याएका सडकखण्डमा एक्रोबृज जडान गरी आवागमन पुनःस्थापना गर्न सहयोग गरिएको छ । बुढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटको पुलमा बेलिब्रिज जडान गरी आवागमन सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको सेनाले जनाएको छ ।
नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीचको समन्वय र सहकार्यले विपद् व्यवस्थापन, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाएको उल्लेख गरेको छ । ०००००










प्रतिकृया दिनुहोस