हनुमानढोकामा कालरात्रि पूजा आज राति

बिर्तामोड, २ कातिक । 
यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र दशरात्र बनेको छ । विजयादशमीका दिन टीका लगाउँदा दस रात्रिका जमरा लगाइने भएको छ । धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना एक दिन बढी गर्दा धार्मिक कर्ममा फरक पर्दैन । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ गते राति गर्नुपर्ने उल्लेख छ । यता, हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने परम्परा र समितिसँगको परामर्शअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको सामान्य पूजा आइतबार गरिएको छ भने मूल पूजा सोमबार गरिनेछ ।
हनुमानढोका दरबारमा महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ । 
 

प्रतिकृया दिनुहोस