महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न
बिर्तामोड, २ कातिक ।
बिर्तामोड, २ कात्तिक। आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालित नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा असोज २० गतेदेखि १३ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सातै प्रदेशबाट छनोट भएका २८ जना महिला खेलाडी सहभागी भएका थिए ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो । नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि र प्रतियोगिताको तयारीका लागि प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिनुभयो । बन्द प्रशिक्षणले खेलाडीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






-1758702728.jpeg)




प्रतिकृया दिनुहोस