तनहुँको आँबुखैरेनीमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

बिर्तामोड, १६ कार्तिक । 
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो हिजो साँझ चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा स्याङ्जाका ३७ वर्षीय चालक भद्रबहादुर शाहसहित कास्की, पर्सा, बागलुङ, महोत्तरी र तनहुँका यात्रु घाइते भएका छन् । घाइतेमध्ये वृद्धवृद्धासमेत रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । 


 

प्रतिकृया दिनुहोस