दशौँ राष्ट्रिय खेलकुदमा आज आठ विधाका प्रतिस्पर्धा हुँदै

बिर्तामोड, १० मंसिर । 
कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीबार आठ विधाका खेल सञ्चालन हुने भएका छन् ।
आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन् । तालिकाअनुसार महिला क्रिकेट वीरेन्द्रनगर र पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । पौडी प्रतियोगिता पनि नेपालगञ्जमा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ ।
पुरुष फुटबलको खेल सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो साढे २ बजे हुनेछ। महिला बास्केटबलका खेल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन् ।
त्यस्तै, टेनिस प्रतियोगिता बर्दियामा, बक्सिङ मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि र जिम्न्यास्टिक मिनी कभर्डहलमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विभिन्न विधाका खेल कर्णाली प्रदेशसहित बाँके र बर्दियामा पनि सञ्चालन भइरहेका छन् । 


 

प्रतिकृया दिनुहोस