लद्दाखमा ट्याङ्क दुर्घटनामा पाँच जना भारतीय सेनाको मृत्यु  

विर्तामोड, १५ असार ।
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।
लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज पानीको सतह अचानक बढेको थियो ।
ट्याङ्कमा एक जुनियर कमिसन्ड अफिसर (जेसीओ) र चार जना जवान रहेका थिए । उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगे पनि पानीको सतह बढेका कारण ट्याङ्कमा रहेका सैनिकलाई बचाउन नसकिएको खबरमा उल्लेख छ ।
यसैबीच घटनालाई लिएर केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गर्नुभएको छ । ०००००००
 

प्रतिकृया दिनुहोस