एमाले नेताहरुको एक वर्षअघि गरेको कार्यविभाजन र जिम्मेवारी हेरफेर

विर्तामोड, २६ असार ।

नेकपा एमालेले नेता–कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ । आज पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेको हो ।
एमालेले एक वर्षअघि गरेको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइनेछ । एक वर्षअघिको नेताहरूको कार्य विभाजन र जिम्मेवारी फेरिएको छ । अब नेताहरू आफ्नै कार्यक्षेत्रमा फर्कनुहुनेछ । केन्द्रीय सदस्यहरूलाई आफ्नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको छ ।’ 
उहाँले निर्वाचन क्षेत्रभन्दा माथिको जिम्मेवारी लिन चाहने नेताहरूले जिल्ला या प्रदेशको पनि लिन सक्ने बताउनुभयो ।
‘केन्द्रले निर्वाचन क्षेत्रलाई कार्य विभाजको इकाई बनाउने भएकाले अव प्रदेशले आफ्ना सदस्यहरूको कार्य विभाजन गर्दा पालिकालाई आधार बनाउनेछ’, उपमहासचिव ज्ञवालीले भन्नभयो, ‘जिल्ला कमिटीले आफ्ना सदस्यको कार्य विभाजन वडा कमिटीलाई बनाउने छ । र पालिकाले टोललाई बनाउने छ भने टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसाबले सदस्यहरूको कार्य विभाजन गर्ने गरी मापदण्ड निर्धारण गरेका छौं ।’ 
नेकपा एमालेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने भएको छ । यसअघि पालिका इन्चार्जसम्म बनेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब निर्वाचन क्षेत्र हुने र ती कमिटीलाई प्रभावकारी बनाउने मापदण्ड केन्द्रीय सचिवालयले पारित गरेको छ ।
अब प्रदेश कमिटीले पालिका र जिल्लाले वडा तथा वडाले टोल कमिटी तथा टोल कमिटीले पार्टी सदस्यलाई कामको क्षेत्र बनाउनेछन् ।  एमालेले फरक भूगोलमा पठाएका नेताहरूलाई आफ्नै कार्यक्षेत्रमा फर्काएको छ ।
त्यस्तै, एमालेले सबै जिल्लाहरूलाई साउन महिनाभित्र २०८१ को पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । ००००००
 

प्रतिकृया दिनुहोस