कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्ने 

विर्तामोड, २७ असार ।

कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्ने भएका छन् ।
आज सम्पन्न खेलमा उरुग्वेविरुद्व १–० को जित निकाल्दै कोलम्बिया उपाधिानजिक पुगेको हो । 
अर्जेन्टिना भने क्यानडामाथि २–० को जित निकाल्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल सोमबार बिहान हुनेछ ।
कोलम्बिया सन् २००१ पछि फाइनलमा पुगेको हो । पहिलोपटक फाइनल पुग्दा कोलम्बियाले मेक्सिकोलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियोे । ०००००
 

प्रतिकृया दिनुहोस