जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

विर्तामोड, २९ असोज ।

नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । पुबुदुलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व मुख्य प्रशिक्षक पनि हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोलीलाई सम्हालेका थिए । पुबुदुको नेतृत्वमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो । जनकपुर बोल्ट्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आशिफ शेख रहेका छन् ।
नेपाल प्रिमियर लिग आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म अयोजना हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् । ०००००
 

प्रतिकृया दिनुहोस