संघ संस्थालाई देशैभर लागु हुनेगरी वस्तुको मूल्य तोक्न सरकारले लागायो रोक

बिर्तामोड, १० साउन ।
सरकारले जुनसुकै वस्तु उत्पादक तथा वितरकका संघ÷संस्थालाई देशैभर लागु हुने गरी मूल्य तोक्ने काममा रोक लगाएको छ ।
अहिले विभिन्न वस्तु उत्पादकका संघसंस्थाले देशैभर लागु हुने गरी मूल्य तोक्ने गरेका छन् । जसले गर्दा मूल्यमा एकाधिकार हुने र यो उपभोक्ता कानून विपरित हुने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संघ संस्थाबाट देशैभर लागु हुने गरी मूल्य तोक्न नपाइने गरी सूचित गराएको छ ।
अहिले अण्डाको मूल्यमा देशैभर यस्तो सिण्डिकेट लागु भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ र नेपाल अण्डा उत्पादक संघ नामका दुई संगठनले देशभर लागु हुने गरी मूल्य तोक्ने गरेका छन ्। त्यस्तै  मासुको मूल्यमा समेत यस्तै सिण्डिकेट देखिने गरेको छ । अघोषित रुपमा धेरै संघसंस्थाले अहिले यस्तै सिण्डिकेट लागु गरिरहेका छन् ।
बजारमा मूल्य एकाधिकार कायम गर्ने, संस्थागत रुपमा मूल्य कार्टेलिङ गर्ने जस्ता कामलाई कानुनले निषेध गरेको छ । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले यस्तो कार्यलाई अपराध मानेको छ । जम्माखोरी, नाफाखोरी, मालवस्तुका बिचलन, अधिकनाफा जस्ता कार्य गरेमा छापा मार्ने, खानतलासी लिने र मुद्दा दायर गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा छ ।  ००००००००

प्रतिकृया दिनुहोस