एसियाली खेलकुदमा नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा 

विर्तामोड, ३ भदौ । 
अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाडी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ ।
दर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अफगानिस्तानको टोलीमा ६ नयाँ खेलाडी रहँदा पाँच खेलाडीसँग १० भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ । अफगानिस्तानले नियमित कप्तान रासिद खान, रहमान्नुलाह गुर्बाज, अज्मतुल्लाह ओमरजाइजस्ता खेलाडीलाई भने बाहिर राखेको छ ।
टोलीमा नजिबुल्लाह जाद्रन र करिम जनतजस्ता अनुभवी खेलाडी पनि छन् । टोलीमा अफगानिस्तानका महान् अलराउन्डर मोहम्मद नबीका छोरा हसन इसाखिलसहित मोहम्मद अक्रम, खालिद तानिवाल, इस्मत अलाम र फैसल शिनोजादाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर २४ देखि अक्टोबर ३ (असोज ८ देखि १७ गते) सम्म हुँदैछ । समूह ‘ए’ मा अफगानिस्तानसहित नेपाल र जापान छन् ।
अर्को समूहमा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस