एमाले झापाकी नेतृ सुनिता खरेलका पिता रामप्रसाद खरेलको निधन, आज ११ वजे कनकाई माइमा अन्तिम संस्कार गरिने
विर्तामोड, ५ भदौ ।
नेकपा एमाले झापाकी नेतृ सुनिता खरेलका पिता रामप्रसाद खरेलको निधन भएको छ । उहाँको आज ११ वजे कनकाई माइमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय लयप्रसाद खरेलका छोरा २००६ साल असोज ८ गते पाँथरको च्याङथापुमा जन्मुनिभएका रामप्रसाद खरेलको आज विहान साढे ६ वजे कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर चोकको शान्ति टोलमा आफ्नै निवासमा निधन भएको हो ।
चन्द्रकला खतिवडासँग २०२४ सालमा बैबाहिक बन्धनमा बाँधिनुभएका खरेका ६ जना छोराछोरी र ११ जना नातिनातिनी हुनुहुन्छ । छोरी सुनिता खरेल सिग्देल र जुवाई शिवप्रसाद सिग्देल, छोरी निर्मला खरेल पाण्डे र जुवाईं राजकुमार पाण्डे, छोरा रमेश खरेल र बुहारी रञ्जु, छोरी पुष्पा खरेल उप्रेती र ज्वाईँ लक्ष्मी उपे्रती, छोरा तीर्थराज खरेल र बुहारी बिना तथा छोरा रविन खरेल र बुहारी दीपा तथा ११ जना नातिनातिनीका अभिभावक रामप्रसाद खरेलको आज निधन भएको हो ।
उहाँको अन्तिम संस्कार कनकाई माईमा आज विहान ११ वजे गर्ने तयारी भएको छ । मलामी जानका लागि आफन्त, इष्टमित्र तथा छरछिमेकीलाई जानकारी गराइएको छ ।











प्रतिकृया दिनुहोस