जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा
बिर्तामोड, १७ असोज ।
जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु हुँदैछ । अविरल वर्षाका कारण असोज ९ गतेका लागि तय भएको महाधिवेशन सारिएको थियो । महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पदमा एक सय तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ । सात उपाध्यक्ष पदका लागि १४, महासचिवका लागि तीन, उपमहासचिवका लागि दुई तथा सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षसहित सबै पदमा निर्वाचन हुने जनमत पार्टीले जनाएको छ । निर्वाचनमा उम्मेदवारले निर्वाचित हुन कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।










प्रतिकृया दिनुहोस