रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
बिर्तामोड, १७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो । बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ । यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको लेखापरीक्षण प्रतिवेदनबारे पनि छलफल हुनेछ । बैठकमा अन्य विविध विषयसमेत कार्यसूचीमा राखिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ ।










प्रतिकृया दिनुहोस