रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०९ जना घाइते
साउदी, २५ असोज ।
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घटनापछि साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले यमनका हुथी विद्रोहीविरुद्ध निर्णायक जवाफ दिने चेतावनी दिएको छ ।
गठबन्धनले आक्रमणमा इरान समर्थित हुथी समूहको संलग्नता रहेको आरोप लगाउँदै घटनालाई युद्ध अपराधको संज्ञा दिएको छ । कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार साउदी नागरिकसहित बङ्गलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो ।
गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सर्वसाधारण यात्रु र विमानस्थलका कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई जवाफदेही बनाउने बताउनुभएको छ । यद्यपि, हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।
घटनापछि रियादका विद्यालयले एक साताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । अमेरिका, क्यानडा, जर्मनी र स्पेनका दूतावासले आफ्ना नागरिकलाई विमानस्थल नजान चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमाथिको आक्रमणलाई अस्वीकार्य भन्दै हुथीविरुद्धको सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने सङ्केत गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि घटनाको निन्दा गर्दै साउदी अरबको सुरक्षाप्रति आफ्नो देशको प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
यमनमा सरकारी फौज र हुथी विद्रोहीबीच द्वन्द्व जारी रहेका बेला भएको यस घटनाले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशङ्का गरिएको छ । ०००००









-1758972041.jpeg)


प्रतिकृया दिनुहोस