एनपीएलमा आद्रे रसेल चम्किँदा विराटनगरले जनकपुरलाई २ रनले हरायो
विर्तामोड, १७ कात्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराएको हो ।
विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्रै बनाएको हो ।
विराटनगरको जितमा आन्द्रे रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएर रसेलले जनकपुरलाई स्तब्ध बनाइदिए ।
जनकपुरका सैफ हसनले ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै, विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोडे ।
रसेलको चार विकेट बाहेक एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोड्यो ।
विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।
लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।
जितसँगै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई हार बेहोरेको विराटनगरको ४ अंक छ । यता, समान नतिजासहित समान अंक भए पनि जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ । ०००००





.jpeg)


.jpeg)


प्रतिकृया दिनुहोस