नूर–गङ्गा प्रतिभा पुरस्कारबाट १० साहित्यकार तथा स्रष्टा पुरस्कृत

काठमाडौं, ३० साउन ।
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका १० जना साहित्यकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पु¥याएका स्रष्टालाई नगदसहित पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई प्रदान गरिएको छ । दुवै जनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
यस्तै, नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपाली पुरस्कृत हुनुभएको छ। दुवै जनालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकार तथा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै, नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठ तथा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको गुठीले जनाएको छ ।
कार्यक्रममा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल र प्राध्यापक डा. सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो ।
पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले नेपाली साहित्य र लोकगीतका क्षेत्रमा आफूहरूले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएकोमा खुसी व्यक्त गरेका छन् । उहाँहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यको क्षेत्रमा नयाँ पुस्तालाई सिर्जनात्मक काम गर्न थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । ००००
 

प्रतिकृया दिनुहोस