मोडर्नाको खोपले क्यान्सर फर्किने र फैलिने जोखिम घटाएको प्रारम्भिक दाबी
अमेरिका, ४ भदौ ।
अमेरिकाको फ्लोरिडामा गरिएको व्यक्तिगत क्यान्सर खोपको चरण–३ परीक्षणले उत्साहजनक परिणाम देखाएको छ । औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको खोपलाई किट्रुडा औषधिसँग संयोजन गरेर परीक्षण गरिएको हो ।
एक हजारभन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी परीक्षणमा खोप र किट्रुडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सहयोग गरेको कम्पनीले जनाएको छ । साथै, क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिमसमेत घटेको दाबी गरिएको छ ।
‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप प्रत्येक बिरामीको ट्युमरअनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ । एमआरएनए प्रविधिमा आधारित खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी नष्ट गर्न सक्रिय बनाउने उद्देश्य राख्छ ।
कम्पनीले परीक्षणको प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । स्वतन्त्र विज्ञबाट समेत विस्तृत समीक्षा हुन बाँकी रहेकाले खोपको दीर्घकालीन प्रभावकारिताबारे थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् । ०००००












प्रतिकृया दिनुहोस