एसियाड तयारीका लागि नेपाली टेनिस टोली आज भारत जाने
काठमाडौँ, ४ भदौ ।
जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेनिस टोली आज भारतको बैंगलुरु जाने भएको छ ।
वैदेशिक प्रशिक्षणका लागि जाने टोलीमा खेलाडीतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट तथा प्रशिक्षक रेणुदेवी कोण्डा रहेका छन् ।
टोलीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछ । प्रशिक्षणपछि टोली सेप्टेम्बर ८ तारिख नेपाल फर्कने कार्यक्रम रहेको नेपाल टेनिस सङ्घले जनाएको छ ।
यसैबीच, एसियाली खेलकुदका लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ भने स्वदेशबाहिर नै प्रशिक्षणरत रहेको सङ्घले जनाएको छ ।
भारत प्रस्थान गर्न लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले हिजो आयोजित कार्यक्रममा बिदाइ गरेका छन् । ०००००












प्रतिकृया दिनुहोस