कोशी प्रदेश योजना आयोगमा दुई जना सदस्य नियुक्त 

विराटनगर, १५ असोज ।
कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जनालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर–३ निवासी तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई आयोगको सदस्यमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, कोशी प्रदेशमा मुख्यमन्त्रीहरूको सम्मेलनको मिति परिवर्तन गरिएको छ । यसअघि असोज २२ र २३ गते गर्ने निर्णय भएको सम्मेलन अब असोज २७ र २८ गते हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णयसमेत गरेको छ । रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णयसँगै यसको निर्माण तथा विकासका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । ०००००
 

प्रतिकृया दिनुहोस