मतदाता सूचीको विवाद चर्किएपछि नयाँ दिल्लीमा बृहत् प्रदर्शनको तयारी
बिर्तामोड, २४ असोज ।
भारतको नयाँ दिल्लीमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शनको आह्वान गरिएको छ । ‘कक्रोच जनता पार्टी’ को आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै उक्त समूहले ‘जन परिचालन’ कार्यक्रम आयोजना गरी जन्तरमन्तरसम्म मार्च गर्ने घोषणा गरेको हो । तर, प्रहरीले र्यालीका लागि अनुमति नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो । आयोगले दोहोरो नाम भएका तथा अयोग्य मतदातालाई सूचीबाट हटाउन प्रक्रिया सञ्चालन गरिएको जनाएको छ । तर, विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका प्रमुख सडकमा अवरोधक राखिएको छ भने जन्तरमन्तर क्षेत्रमा आवागमनमा रोक लगाइएको बताइएको छ । यसअघि पनि उक्त समूहले जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियानमा सफलता पाएको दाबी गरिएको थियो ।
–––









-1758972041.jpeg)


प्रतिकृया दिनुहोस