फिफा काउन्सिलको बैठक आज बस्दै

बिर्तामोड, २९ असोज । 

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको काउन्सिल बैठक आज बस्दैछ । फिफाको आधिकारिक वेबसाइटअनुसार स्विट्जरल्यान्डको ज्युरिखस्थित मुख्यालयमा बस्ने फिफा काउन्सिलको ३७औँ बैठकमा नेपाली फुटबलमाथि लागेको निलम्बनबारे छलफल हुनेछ ।
सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गत असार ११ गते अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। एन्फाको निर्वाचन प्रक्रिया र संस्थाको स्वायत्ततामाथि विवाद बढेपछि फिफाले यस्तो कदम चालेको हो ।
निलम्बनपछि पहिलोपटक यस विषयमा निर्णय गर्ने अधिकारप्राप्त फिफा काउन्सिलको बैठक बस्न लागेको हो । त्यसैले आजको बैठकलाई नेपाली फुटबलको भविष्यका लागि महत्वपूर्ण रूपमा हेरिएको छ । बैठकमा एन्फाको अवस्थासँगै फिफाका नियम, खेलाडी सरुवा, प्रशासनिक सुधार तथा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका विषयमा पनि छलफल हुनेछ । गत असार ११ गते एन्फा निलम्बनमा परेयता सरकारले फिफासँग संवादको प्रयास गरे पनि सार्थक परिणाम आउन सकेको छैन । यसबीचमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डे पक्राउ परेका छन् भने अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । 

प्रतिकृया दिनुहोस