सतुंगलमा घरमा पस्यो मालवाहक ट्रक
बिर्तामोड, ३० असोज ।
काठमाडौंको सतुंगलमा एक मालवाहक ट्रक घरभित्र पसेको छ । उक्त घटनामा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ । वाग्मती प्रदेश ०३(००१ ख ०९५३ नम्बरको मालवाहक ट्रक बिहीबार राति करिब ९स्१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा पसल र वाग्मती प्रदेश ०२(०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।











प्रतिकृया दिनुहोस