इजरायलमा नयाँ सरकार गठनका लागि नेतान्याहु र इसेनकोटबीच वार्ता पुनः सुरु
बिर्तामोड, ७ मंसिर ।
इजरायलमा नयाँ गठबन्धन सरकार गठनका लागि कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका राजनीतिक प्रतिद्वन्द्वी गदी इसेनकोटबीच वार्ता पुनः सुरु भएको छ । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि सरकार गठनका लागि दुवै पक्ष छलफलमा जुटेका हुन् ।
नेतान्याहुको लिकुड पार्टीलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ । तर, गठबन्धनमा अतिवादी अर्थोडक्स यहुदी दललाई समेट्ने वा अरब दललाई सहभागी गराउने भन्ने विषयमा मतभेद देखिएको छ ।
नेतान्याहुको नेतृत्व स्वीकार गर्न इसेनकोटले अस्वीकार गर्दै आउनुभएको छ । सहमति हुन नसके विपक्षी दलहरू मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने विकल्पसमेत उहाँले अघि सार्नुभएको छ । यससँगै इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको सत्ता समीकरण थप पेचिलो बनेको छ ।












प्रतिकृया दिनुहोस