कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कबिहीन
बिर्तामोड, साउन २३ ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह हिजो बिहानदेखि सम्पर्कबिहीन हुनु भएको छ । उहाँले प्रयोग गर्ने मोटरसाइकल जंगलमा भेटिए पनि उहाँ भने भेटिनु भएको छैन । सम्पर्कविहीन हुनु भएका पूर्वमेयर सिंहलाई हिजो रातिसम्म खोजेको प्रहरी, स्थानीय र आफन्तले आज बिहानदेखि फेरि खोजी जारी राखेका छन् ।
राति डेढ बजेसम्म खोजी गर्दा पनि नभेटिएपछि आज बिहानदेखि पुनः गोरुसिङ्गे जङ्गलमा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको टोलीले बिहानदेखि खोजी कार्य जारी राखेको हो ।
गएराति प्रहरी स्थानीय बासीसहितको टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो । पूर्व मेयर सिंह ढेकहरीमा व्यावसायिक फार्म खोल्ने तयारीका क्रममा यसअघि पनि पटकपटक त्यहाँ जाने गर्नु भएको थियो ।









प्रतिकृया दिनुहोस