सुनको मूल्य तोलामा ३०१७०० रुपैयाँ कायम
काठमाडौँ, २४ साउन ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार ८०० रुपैयाँले वृद्धि भई तीन लाख एक हजार ७०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर चार हजार ६४५ रुपैयाँ पुगेको छ । शुक्रबार एक तोला चाँदी चार हजार ५८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ । ०००००











प्रतिकृया दिनुहोस